जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ : प्रधानमन्त्री

२५ भदौ ७७, बिहीबार

२५ भदाै, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका थारु तथा मैथिली महिलाले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

विहिबार निराहार व्रत बसी मनाइने जितिया पर्वको अवसरमा बुधबार साँझ शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् “आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाइने यस पर्वले परस्परमा सदभाव र प्रेमको सन्देश प्रवाह गर्दछ ।”

Advertisement

आश्वीन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको समाप्तिकाे दिनलाई ‘लाहा खाइके’, अष्टमीलाई ‘उपास’ र नवमी दिनलाई ‘पारन’ भन्ने गरिन्छ, प्रधानमन्त्री ओलीले सन्देशमा चर्चा गरेका छन् । सप्तमीको विहान व्रतालुले नदीमा गई तोरीको पिनाले नुहाए पछि केही पिनालाई घिरौलाको पातमा राखी खोलामा बगाउने चलन छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वहुसांस्कृतिक विविधताकाबीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमुल्य पुँजी हुन् ।” सहिष्णुता र दृढ एकतासहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नुपर्ने उनले चर्चा गरेका छन्।

Advertisement

पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आवद्ध गरेका छन् प्रधानमन्त्री ओलीले भनेका छन्, “कोभिड १९ को विश्वव्यापी महामारीका कारण यस वर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ । आफू सुरक्षित रहँदै जितिया पर्व मनाउन म हार्दिक आव्हान गर्दछुँ ।”रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top