भारतमा कोरोना कहरः ४४ लाख ६५ हजार संक्रमित, ७५ हजारभन्दा धेरैको मृत्यु

२४ भदौ ७७, बिहीबार

२५ भाद्र, एजेन्सी ।
भारतीय समाचारसंस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार भारत हरेक दिन १ लाख संक्रमित पहिचान हुने नजिक पुगेको छ।

बुधवार भारतमा थप ९५ हजार ९ सय ५० जना कोभिड १९ का संक्रमित पहिचान भएको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ। अमेरिकामा सबैभन्दा धेरै संख्यामा संक्रमित पहिचान हुँदा त्यो ८० हजारभन्दा तल नै थियो। तर, भारतले सबै रेकर्ड तोडिसकेको छ।

ब्राजिललाई संक्रमित संख्यामा पछि पारेको भारतको कोभिड १९ को रफ्तार यही गतिमा कायम हुने हो भने पहिलो स्थानमा रहेको अमेरिकालाई दोस्रो स्थानमा पुर्‍याउने छ। भारतमा अहिलेसम्म ४४ लाख ६५ हजार भन्दा धेरै संक्रमित संख्या पुगिसकेको छ।

Advertisement

बुधवारमात्रै १ हजार १ सय ५२ जना संक्रमितको भारतमा मृत्यु भयो। यससँगै भारतमा मृत्यु हुने संक्रमितको संख्या ७५ हजार ९१ पुगेको छ। बुधवार लाख नजिकै संक्रमित संख्या पहिचान हुँदा सबैभन्दा धेरै पहिचान चाहिँ महाराष्ट्रमा भयो। त्यहाँ २४ घन्टामा २३ हजार ५ सय ७७ जना नयाँ संक्रमित पहिचान भए।

आन्द्र प्रदेशमा १० हजार ४ सय १८ जनामा संक्रमण देखियो भने कर्नाटकमा ९ हजार ५ सय ४० जनामा। एकै दिन महाराष्ट्रमा ३ सय ८० जना र कर्नाटकमा १ सय २८ जनाले ज्यान गुमाए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top