ट्रम्पलाई कोरोना भाइरस घातक भन्ने थाहा हुँदाहुँदै बेवास्था गरेको खुलासा

२४ भदौ ७७, बिहीबार

२५ भाद्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदा–हुँदै पनि सङ्क्रमण नियन्त्रण गर्न चासो नदिएको खुलेको छ ।

कोरोना भाइरसको महामारी बारे थाहा हुँदा–हुँदै पनि रोक्न ट्रम्पले चासो नदेखाएका पाइएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख छ । पत्रकार बबले अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले महामारी प्रवेश गर्नुपूर्व नै कोरोना भाइरस घातक रहेको थाहा पाएका दाबी गर्नु भएको छ ।

उनले राष्ट्रपति ट्रम्पसँग सन् २०१९ को डिसेम्बरदेखि सन् २०२० को जुलाइसम्ममा १८ पटक अन्तर्वार्ता लिएका छन् । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको ज्यान जानुअघि नै महामारीबारे थाहा भएको बताएका पुस्तकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Advertisement

यस विषयमा राष्ट्रपति ट्रम्पले नागरिकमा डर त्रास नफैलियोस् भन्ने चाहेकाले यसबारे केही नबताएको टिप्पणी गरेका छन् । पत्रकार बबको यो पुस्तक औपचारिक रुपमा सेप्टेम्बर १५ तारिख अर्थात् आउँदो ३० गते बजारमा आउँदै छ । अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।

त्यहाँ अहिलेसम्म साढे ६५ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

सम्बन्धित समाचार

Scroll to Top