भोजपुरमा आजदेखि पुनः लकडाउन सुरु

२५ भदौ ७७, बिहीबार

२५ भदौ, भोजपुर । भोजपुरमा आजदेखि पुनः लकडाउन सुरु भएको छ ।

Advertisement

कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको भन्दै एक साता लकडाउन गर्ने निर्णय भएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

Advertisement

लकडाउनका बेला अत्यावश्यक कामबाहेक जिल्लाभर भीडभाड हुने क्षेत्रसहित बजार, होटल, यातायात तथा सीमा क्षेत्र बन्द गरिएको छ । हिजो बुधबार भोजपुरको षडानन्द नगरपालिकामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top