ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप

१८ बैशाख ७५, बुधबार

सुर्खेत, १९ वैशाख ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाएका छन् ।

Advertisement

यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको १० औँ राष्ट्रिय भेलामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक बन्दै गएको दुखेसो गरे ।

“मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हकको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था हुँदा पनि सरकारले ख्रीष्टियनलाई धर्म प्रचारकको आरोप लगाएको छ,” उनले भने । उनका अनुसार नेपालका १० वटै धर्मावलम्बीलाई संघ, प्रदेश र स्थानीय सरकारले संरक्षण, सम्वद्र्धन गर्नुपर्दछ ।

Advertisement

युरोपियन युनियनको नाममा सरकारले इसाईको अधिकार हनन गरेको दोष लगाउँदै उनले भने, “अब महासंघले विगतमा सरकारसँग गरेको छबुँदे सहमति कार्यान्वयनमा जोडदिन पहल गर्छ ।” ख्रीष्टियनको राष्ट्रिय भेला कर्णालीमा गरेर सम्मानका साथ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीलाई आमन्त्रण गर्दा पनि यसलाई उनले महत्व नदिँदा अत्यन्तै दुःखी रहेको अध्यक्ष गहतराजले बताए ।

उनले अगाडि भने “ख्रीष्टियन हुनु धर्म परिवर्तन होइन, जीवन परिवर्तन हो । शान्ति, मुक्ति र आनन्द प्राप्त गर्दै संरक्षणको अनुभूति गर्नु हो ।” पैसा लिनेदिने दुवै ख्रीष्टियन नभएको उनले जिकिर गरे । गृहमन्त्रीले ख्रीष्टियन समुदायलाई विखण्डनकारी र धर्म प्रचारकसँग जोडेर दिएको अभिव्यक्तिले सिंगो ख्रीष्टियन समुदायको ध्यानाकर्षण भएको उनको भनाइ थियो ।

Advertisement

अध्यक्ष गहतराजले नेपालका अल्पसंख्यक, सीमान्तकृत, मानवअधिकार र संविधानको पक्ष समर्पित भई कलम चलाएर सहयोग गर्न सञ्चारकर्मी पत्रकारलाई आग्रह गरे । पत्रकार सम्मेलनमार्फत उनले कर्णाली प्रदेशमा सम्पन्न महांसघ नेपालको १० औँ भेलाले तयार गरेको १० बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।

सार्वजनिक घोषणापत्रमा सरकारको प्रस्तावित राष्ट्रिय सदाचार नीतिको अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव दिएर संशोधनका लागि पहल गर्ने, ख्रीष्टियन समुदायका लागि चार दिनको सार्वजनिक बिदा कायम गराउनमा जोड दिने कुरा राखिएको छ ।

त्यस्तै, ख्रीष्टियन समुदायभित्र रहेका विभिन्न प्रतिभा जस्तै, कलाकारिता, पत्रकारिता, साहित्य, संगीत, गायन, नृत्य विधाका व्यक्तित्वको खोजी गरी उनीहरुको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने कुरा पनि उल्लेख गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top