NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

जब बिरामी लिएर आएको एम्बुलेन्स हिलोमा फस्यो…

शुक्रबार भदौ २६ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ भदाै, बाग्लुङ ।

बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लडे । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उनलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो । साँझ छिपिइसकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव भएन । एम्बुलेन्समा राखेर पौडेललाई रातारात पोखरा हिँडाइयो ।

वर्षात्ले क्षतविक्षत पारेको सडक त्यहीँमाथि रातको समय । बुर्तिबाङ–बाग्लुङ ९० किमि पार गर्न एम्बुलेन्सलाई घण्टौँ लाग्यो । घडीमा बिहानको ३ बज्दै थियो । एम्बुलेन्स बाग्लुङ नगरपालिका–३ बोक्से आइपुग्दा मध्यपहाडी लोकमार्गको हिलोमा एक्कासी फस्यो ।

LS Auto

एम्बुलेन्सले हिलाम्मे सडक छिचोल्न सकेन । आकस्मिक उपचारका लागि बिरामी लिएर आएको एम्बुलेन्स तीन घण्टा त्यहीँ रोकियो । बिरामी लिएर आएका आफन्त अत्तालिए । बिरामीलाई बेलैमा अस्पताल पुर्याउन नसकिने हो की भन्ने चिन्ताले पिरोलिए ।

पौडेलसँगै साथमा आएका निसीभूजी जनता क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले प्रहरीलाई खबर गरे । बिरामीको उद्धारका लागि बाग्लुङ बजारबाट अर्को एम्बुलेन्स पठाइयो । सोही एम्बुलेन्समा राखेर पौडेललाई सदरमुकाम ल्याइयो । त्यतिञ्जेल उज्यालो भइसकेको थियो ।

पौडेललाई जतिसक्दो छिटो पोखरा पुर्याउनुपर्ने थियो । बोक्सेबाट उनलाई बोकेर ल्याएको एम्बुलेन्समा अक्सीजन थिएन । सोही कारण पौडेललाई झण्डै एक घण्टा थप सकस भयो । पछि बुर्तिबाङबाटै आएको एम्बुलेन्सलाई हिलोबाट तानेपछि पुनः त्यसैमा राखेर उनलाई पोखरा लगियो ।

पोखरामा उपचार हुन नसकेपछि पौडेललाई भदौ १७ गते बेलुकीपख बल्ल हेलिकप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल पुर्याइयो । “सडकका कारण सारै दुःख पाइयो, गम्भीर अवस्थाको बिरामी बोकेको एम्बुलेन्स घण्टौँसम्म हिलोमा फस्नु कस्तो बिडम्वना”, अर्यालले भने ।

यात्रामा निम्तिएको त्रास र जोखिमबीच पौडेललाई काठमाडौँ पुर्याइएको उनको भनाइ छ । मस्तिष्कको नशासम्बन्धी समस्याबाट ग्रसित भएका पौडेलको अहिले पनि सघन कक्षमा उपचार भइरहेको अर्यालले बताए । “स्वास्थ्य अवस्था सुधारोन्मुख छ, सामान्य मानिस चिन्ने, बोल्न सक्ने हुनुभएको छ”, उनले भने ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन गोपालरमण शर्मासहित चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले मस्तिष्कको शल्यक्रिया गरेका थियो । स्तरीय सडक हुन्थ्यो भने पौडेललाई समयमै अस्पताल पु¥याउन सक्ने स्थिति हुन्थ्यो । यात्रा पनि सहज बन्थ्यो ।

बाग्लुङ–घोडाबाँधे खण्डको बोक्सेमा यो वर्षायाममा मात्रै कैयौँपटक सडक अवरुद्ध भयो । वर्षेनि खस्ने पहिराका कारण त्यहाँको सडक दुरावस्थामा पुगेको छ । सदरमुकामसँग जोडिएको उक्त खण्ड मार्ग खुलेको २२ वर्ष पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । कमेरे माटो र पानीको दलदलले बोक्सेमा सवारी चलाउन सहज छैन ।

लोकमार्गको बागलुङतर्फ मात्र नभई पोखरा जोड्ने सडकमा पनि उस्तै सास्ती खेप्नुपर्ने स्थिति छ । जीर्ण सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले लोकमार्गको यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण गम्भीर बिरामी घण्टौँ बाटोमै रोकिनु दुःखद् भएको बागलुङ–१ (क) का प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

लोकमार्गको दुर्दशाले सर्वसाधारणसँग मुख देखाउन पनि लाज लाग्ने अवस्था भएको उनको भनाइ छ । “कैयौँ पटक बैठक बसेर लोकमार्गको कामलाई गति दिने निर्णय भयो, तर अवस्था जहाँको त्यहीँ छ”, उनले भने, “हामीले जति प्रयास गर्दा पनि सकेनौँ ।” अझै केही समय सडक त्यही हालतमा रहने हो भने जनप्रतिनिधिलाई नागरिकले घेरा हाल्ने स्थिति आउने उनको भनाइ छ ।

बागलुङ–१ का प्रतिनिधिसभा सदस्य सूर्य पाठकले निर्माण कम्पनीको लापरवाहीले लोकमार्गको त्यो स्थिति भएको बताए । उनले समयमा काम नगर्ने ठेकेदारलाई माथिबाटै कारवाही गरौँ भन्दा पनि नसकिएको बताए । पटकपटक ठेक्काको म्याद थपिँदा पनि निर्माण कम्पनीले काम नगरेको पाठकको आरोप छ ।

जिल्लाको पश्चिमतर्फ अधिकांश खण्ड कालोपत्र भइसक्दा सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमि सडक अझै कच्ची छ । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट त्यस क्षेत्रका स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरा छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।

लोकमार्ग आयोजना र निर्माण कम्पनीले कालोपत्रको आश्वासन दिन थालेको वर्षौँ बितिसक्यो । आयोजनाले काम ढिलो हुनुमा ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छ । ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् ।

बाग्लुङ बजारदेखि बिहुँसम्मको १३ किमिको ‘सिद्वीटाई कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्कीसकेका छन् ।

अहिले फेरि न्यून सङ्ख्यामा कामदार निर्माणमा खटिएका देखिन्छन् । काम कहिले सकिन्छ कुनै टुङ्गो छैन । निर्माण कम्पनीले आउँदो वर्षसम्ममा कालोपत्र गर्ने आश्वासन पुनः दोहोराउन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको १४२ किमि दूरी बाग्लुङमा पर्छ ।रासस

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.