नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

२७ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २—२ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

आज १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा महिला ४ सय १६ र पुरुष ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको हो । काठामाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

Advertisement

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेकोमा संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३२, प्रदेश नम्बर २ मा ८ सय ५७, बागमती प्रदेशमा ५ हजार १ सय ४६ र गण्डकी प्रदेशमा ८ सय ३० जना संक्रमित उपचाररत छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ६३, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय २० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३३, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १७ र गण्डकी प्रदेशमा ७६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५४, कर्णाली प्रदेशमा १ सय २ र सुदूरपश्चिम प्रदेशमा२ सय २६ जना गरी देशभरी ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन । यस्तै आज आइसियुमा १ सय ६० र भेन्टिलेटरमा २४ जना संक्रमित उपचाररत रहेका छन ।

Advertisement

आज ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय ९०, प्रदेश नम्बर २ मा १० हजार ५ सय २३, बागमती प्रदेशमा ६ हजार ८ सय २० र गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ३ सय १२, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना गरी आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top