तत्कालीन राजा वीरेन्द्रले चढ्ने सैनिक विमान जब सडकमा गुड्न थाल्याे

२८ भदौ, काठमाडौँ ।
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने भीभीआईपी सैनिक विमान विमानस्थलबाट गुडाएर नारायणहिटी दरबार संग्रहालय लगिएको छ । शनिबार राति सो विमान सैनिक र प्रहरीको सुरक्षाबीच संग्रहालयमा राख्नका लागि लगिएको हो ।

Advertisement

एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो विमान (जहाज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी संग्रहालयमा लाने क्रममा मोटरको सहायताले तानिएको थियो । साँझ काठमाडौंको सडकमा हावाइजहाज गुडेको देखेपछि धेरै मानिस चकित भए ।

दुबैवटा पखेट झिकिएको सो विमान तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै नारायणहिटी दरबार संग्रहालयमा लगिएको थियो ।उक्त विमान लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top