कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने: अध्ययन

२८ भदौ ७७, सोमबार

२८ भदाै, वासिङ्टन ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् ।

यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरुलाई समेटिएको थियो । अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना बिरामी नै थिए । उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका बिरामी हुन् । शुरुमा ८६ बिरामीमा सर्वेक्षण गरिएको थियो ।

Advertisement

अस्पतालबाट डिस्चार्ज भएपछि ६ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो ।

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरुलाई हेरिएको थियो । यी सबै विवरणहरुका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत विरामीमा फोक्सोको समस्या देखिएको थियो ।

Advertisement

त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् । यसरी जति पछि हुँदै गयो, त्यति धेरै विरामीका मुटु र फोक्सोको समस्यामा कमी हुदै गएको देखिएको अध्ययनकर्ताहरुको भनाइ छ ।रासस

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top