×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

नगर बाल सञ्जाल दमकको बालमैत्री संवाद कार्यक्रम सम्पन्न

२८ भाद्र २०७७

२८ भदौ, दमक ।
नगर बाल सञ्जाल दमकले राष्ट्रिय बाल दिवसको अवसरमा आज भर्चुअल माध्यामबाट बालमैत्री संवाद शिर्षकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

बालअधिकार तथा बालमैत्री स्थानीय शासनका लागि सरोकारवाला सबै क्षेत्रका प्रतिनिधिहरुलाई सहभागी गराईएको छलफलमा शिक्षा क्षेत्रबाट पूर्व स्रोत व्यक्ति एवं ढुकुरपानी मा.वि. का प्रधानाध्यापक कृष्ण भण्डारी, स्वास्थ्यबाट बालरोग विशेषज्ञ डा. जयमणि श्रेष्ठ, नगर सामाजिक विकास समितिबाट चन्द्रकला वि.क., सामाजिक संस्थाका तर्फबाट सन्दिप चापागाँई, प्रहरीबाट इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डित, अभिभावकका तर्फबाट शंकर चापागाँई (धनकुटे कान्छा) र बालबालिकाबाट हेलियन बस्नेतको सहभागिता रहेको थियो । सहभागी सबैले नगरको बालमैत्री लक्ष्यमा आफ्नो क्षेत्रबाट भूमिका निभाउन तत्पर रहेको बताएका थिए ।

Advertisement
Advertisement

सहभागी सबै बालबालिकाले बालमैत्री वातावरण पाउन नसकिरहेको बताउँदै यसका लागि हरेक अभिभावक सहित स्थानीय सरकार, विद्यालय सबै सजग हुनुपर्नेमा जोड दिएका थिए । प्रधानाध्यापक कृष्ण भण्डारीले समग्र सबै विद्यालयका सबै वातावरण एवं पूर्वाधार बालमैत्री बनि नसकेको र बालमैत्री पूर्वाधार बन्ने चरणमा रहेको जानकारी गराएका थिए ।

डा. जयमणि श्रेष्ठ र सामाजिक विकास समिति सदस्य चन्द्रकला वि.क.ले दमकका बालबालिकाको समग्र स्वास्थ्यको अवस्थामा सन्तोषजनक रहेको तर बाल स्वास्थयका लागि प्रर्याप्त पूर्वाधार विकास नभैसकेको साथै नगरपालिका बालमैत्री अभियानमा लागेकामा कतिपय काम लकडाउनका कारणले रोकिएको र लगतै बालमैत्री रणनिति योजना बमोजिम काम अगाडि बढाउने योजनामा नगरपालिका रहेको बताएका थिए ।

जुम भर्चुअल संवादमा सामाजिक संस्थाका प्रतिनिधि सन्दिप चापागाँईले सामाजिक संस्था बालअधिकार र बालमैत्री प्रति केन्द्रित रहेको साथै नगरपालिकाले सामाजिक संस्थालाई विभिन्न सुचकहरुमा जिम्मेवारी छुट्टयाएर काम लगाउन समन्वय गरे सामाजिक संस्थाहरुको सक्रियता रहने बताए । प्रहरीका तर्फबाट विजयराज पण्डितले विद्यालयमा बालबालिकासँग अन्तरक्रियात्मक कार्यक्रम गरेर बालबालिकालाई कसुरबाट बच्न र भैहाले प्रहरीमा खबर गर्नेबारे जानकारी दिने गरेको बताए ।

कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले दमक नगरपालिका बालमैत्री अभियानमा बढेकाले अब सबै क्षेत्रको सुधार गर्दै बाल सहभागिता, शिक्षा, स्वास्थ्य लगायत सबै पूर्वाधारलाई बालमैत्री बनाउन नगरपालिका केन्द्रित छ र बालमैत्रीका लागि घरपरिवारबाट पहिलो काम सुरु गर्नुपर्छ भन्ने धारणा व्यक्त गरे । साथै अभिभावक एवं बालबालिकाकाले बालमैत्री नगरको लक्ष्यका लागि साथ सहयोग रहने बताएका थिए ।

बाल सञ्जालले सोमबार बाल दिवसका दिन शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको प्रमुख आतिथ्यमा कलाकारहरु मनोज गजुरेल, राजा राजेन्द्र र सुरक्षा पन्तका साथ बालानुभव वार्तालाप कार्यक्रम सञ्चालन गदैछ । कार्यक्रममा अतिथि वक्ताहरुसँगे बाल्यकालका विषयमा संवाद गरिने नगर बाल सञ्जाल दमकका सचिव राम खतिवडाले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top