सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

३० भदौ ७७, मंगलबार
Share this
779shares

३० भदौ, काठमाडौँ ।
नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

Advertisement

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।  भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

Advertisement

राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उनले बताए ।

राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका व्यक्तित्वसँग पनि विदाई भेट गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top