×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’: कुलमान घिसिङ

३० भाद्र २०७७

३० भदौ, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएपछि सरकारी स्वामित्वको प्राधिकरण अहिले प्रमुखविहीन छ । दैनिक १८ घण्टासम्म लोडसेडिङको दुष्चक्रलाई अपत्यारिलो शैलीमा अन्त्य गरेर नेपालीलाई उज्यालो उपहार दिएका कुलमान घिसिङको कार्यकाल सकिएपछि अबको प्राधिकरणको प्रमुख घिसिङलाई बनाउँने कि अर्को को हुन्छ भन्नेमा ब्यापक जनचासो बढेको छ ।

सरकारले उनलाई दोहो¥याउने वा अरू कसैलाई नेतृत्वमा ल्याउने विषयमा ठोस निर्णय त अझै गरेको छैन । यद्यपी प्रधानमन्त्री ओली घिसिङलाई नदोहोर्याउने मुडमा देखिएका समाचारहरु बाहिरिरहेका छन् । लोडसेडिङ किलर कुलमानलाई नै आगामी कार्यकाल पनि दिइनुपर्छ भन्ने ब्यापक जनचाहाना र जनदबावका बीच सरकारकै केही मन्त्री तथा नेताहरुले समेत कुलमानको कार्यकाल थपिने निश्चितता ब्यक्त गरेका थिए । तर सोमबारको मन्त्रिपरिषद् बैठकमा उर्जामन्त्री वर्षमान पुनले कुलमानलाई दोहोर्याउन भन्दै उर्जामन्त्रालयको प्रस्तावको विषयमा जानकारी गराउँदा प्रधानमन्त्रीले पछि कानुन अनुसार गरौला भन्ने जवाफ दिएको मन्त्रिपरिषद स्रोतबाट समाचार बाहिरिएका छन् ।

Advertisement
Advertisement

यसरी हेर्दा कुलमानका विषयमा नेकपा पार्टी पनि दुई धारमा देखिएको प्रस्ट बुझ्न सकिन्छ ।अध्यक्ष दाहाल समूहबाट कुलमानको निरन्तरताको पक्षमा वकालत भएको बुझिन्छ भने ओली समूहबाट मौनता साधिएको छ । कुलमानको पक्षमा नारायणकाजीले ट्वीट गरेका छन् भने प्रधामन्त्रीका सल्लाहकार सुर्य थापा नाराणकाजीमाथि खनिएका छन् ।थापाले आफ्नो पदीय हैसियतको ख्यालनै नगरेको भन्दै काजीमाथि कटाक्ष गरेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजीले कुलमानलाई नेपाल आमाका सुयोग्य सुपुत्रको रुपमा चित्रित गरेका छन् । र उनको योगदान अझै आवश्यक रहेको उल्लेख गरेका छन् ।

मुलुकलाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिकाको जस पाएका घिसिङलाई जनताले रुचाएका छन् । जसले जहाँ जहाँ जे जे भने पनि कुलमानको कुशल ब्यवस्थापनले नै लोडसेडिङको अन्त्य भएको हो । प्राधिकरणमा गएको एक महिना नपुग्दै काठमाडौ चितवन लगायतमा बत्तीविहिनता हुन नदिने उनको कामलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । यी सबै कुलमानका कामहरुको जनताले गुणगान गाईरहेका छन । तर, सत्ताधारी पार्टीका नेताहरूको बिभाजित मनस्थिति र त्यस भित्रको खेलोले प्राधिकरणको नेतृत्व कसरी टुंगो लाग्छ भन्ने अन्योलकै बीच आइतबारदेखि कुलमानले अवकास पाएका छन् । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा दोहो¥याउन नपाए पनि ओलीले आफ्नो सल्लाहकार राखेर प्रभावकारी भूमिकाबाट नहटाउने संकेत दिइसकेका छन् । राष्ट्रियसभामा नेता वामदेव गौतमलाई ल्याएर मन्त्रिमण्डलमा स्थान दिनैपर्ने बाध्यता अर्का अध्यक्ष पुष्पकमल दाहाल र पार्टीको जोड थियो । उक्त जोडमा ओलीले असहमतिको अडान राख्न सकेनन् । तर घिसिङ गौतम वा खतिवडा जस्ता पार्टीका नेता होइनन्, व्यवस्थापकीय नेतृत्व गर्ने कर्मचारी हुन्, जसले कर्मले ख्याति पाएका छन् ।

 

कुलमान प्रचण्डले रुचाएका मध्येका एक हुन् । यसअघि अर्थमन्त्री खतिवडालाई टिकाउनुपर्ने ओलीको अडानमा प्रचण्डले साथ दिएका थिएनन् । अब कुलमान घिसिङलाई दोहो¥याउने प्रचण्डको अडानमा ओलीले असहमति राख्न सक्ने राजनीतिक विश्लेषक बताउँछन् । खतिवडालाई निरन्तरता दिन नपाएको झोकमा मात्रै ओली घिसिङलाई निरन्तरता दिने विषयमा असहमत भएका होइनन् । घिसिङको चर्चा जुन तरिकाले हुन्छ त्यसले सरकारको सफलतामा पनि घिसिङले मात्रै जस पाउने, तर सरकारले जस नपाउने हो की भन्ने डर उनमा देखिन्छ ।

देशमा व्याप्त लोडसेडिङ अन्त्य गरेको, घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको, चुहावट नियन्त्रण गरेको र निरन्तर विद्युत आपूर्ति गरि देशको अर्थतन्त्र उकास्नमा ऊर्जाको भूमिका बढाएको भनेर कुलमान घिसिङलाई सर्वसाधारणले जस दिँदै आएका छन् । समय छँदै मन्त्रिपरिषदमा छलफलका लागि प्रस्ताव नलगेर प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गरिएका घिसिङको कार्यकाल लगातार नथप्ने संकेत सरकारले यसअघि नै गरिसकेको थियो ।

घिसिङले भने पुनः प्रतिस्पर्धामा सहभागी नहुने र सरकारले नियुक्ति दिए मात्रै एक कार्यकाल बस्ने स्पष्ट पारिसकेका छन् । पहिलो कार्यकालमा लोडसेडिङ हटाएर वाहवाही कमाएका घिसिङ दोस्रो कार्यकालका यी चुनौती सामना गर्न सक्छु भनेर निरन्तरता दिन चाहिरहेका छन् । पहिलो कार्यकालमा कमाएको वाहवाही दोस्रो कार्यकालमा गुमाउने डर हुँदाहुँदै पनि घिसिङले इमान्दारीका साथ जिम्मेवारी निभाउने र प्राधिकरणको चुनौती पार लगाएरै छोड्ने आत्मविश्वास देखाएका छन् ।

यसैबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको आज विदाइ गरेका छन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन–जानु सामान्य प्रक्रिया भएको बताएका छन् ।

कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए ।उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको पनि स्मरण गरे ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

Advertisement

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउिन विभिन्न क्षेत्रबाट माग भएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top