ओमानबाट छैटौँ उडान मार्फत १७४ नेपाली स्वदेश फर्किए

३० भदौ ७७, बुधबार

३० भदाै, दोहा ।

Advertisement

ओमानमा कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्येबाट आज छैटौँ उडान मार्फत १७४ नेपाली स्वदेश फर्किएका छन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४१ महिलासहित १३३ जना पुरूष नेपाल फर्किएका छन्। यसअघि सलाम एअरको पाचौँ उडान मार्फत ८३० नेपाली स्वदेश फर्किसकेका छन् । आज छैटौँ उडान मार्फत नेपाल फर्किएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

Advertisement

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

Advertisement

यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासमा द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर्ड उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top