सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि

काठमाडौँ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो ।

प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गर्नुभयो ।

उहाँले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिनुहोला भन्नुभयो ।

सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् । साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । सेवा प्रदायकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । यात्रु चढ्ने र ओर्लने बेलामा अनिवार्य रूपमा सेनिटाइजरको व्यवस्था सेवा प्रदायकले गर्नुपर्ने जनाइएको छ ।

यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनमा लगाउँदै आएको रोक असोज ३० गते मध्यरातसम्म थप गरेको छ । यसअघि नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप दुई नाका खुला गरिएका छन् । भारततर्फ इलाम र दार्चुलाका थप दुई नाकाबाट आवतजावत खुला गरिएको जनाइएको छ । यस्तै चीनतर्फ रसुवा नाका खुला गरिएको छ ।

बैठकले शिक्षण संस्था, सामूहिक भेला, गोष्ठी, सभा, सम्मेलन, पार्टी प्यालेस, स्विमिङ पुल, खेल प्रशिक्षण, खेल गतिविधि, सैलुन, ब्युटीपार्लर, स्पा, चिडियाखाना, सङ्ग्रहालय, परीक्षा लगायत जनसमूह भेला हुने कार्यमाथि लगाउँदै आएको रोकमा निरन्तरता दिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top