बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

३१ भदौ ७७, बुधबार

३१ भाद्र, धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारारत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

मंगलवार बिहान १०ः४६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आज बिहान ६ः१० बजे मृत्यु भएको हो। मृतक सप्तरीको खडक नगरपालिका ३ नम्बर वडाका ३५ वर्षीय पुरुष हुन् । अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले दिएको जानकारी अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो। मृगौलाको समस्या भएर विगत एक वर्षदेखि सातामा दुई पटक डायलासिस गराइरहेका उनमा उच्च रक्तचापको पनि समस्या थियो।

Advertisement

यससँगै बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top