कुलमानको समर्थनमा जुलुस, सरकारविरुद्ध चर्को नारावाजी

३१ भदौ ७७, बुधबार
Share this
683shares

३१ भाद्र, काठमाडौं ।
हालै अवकास पाएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा काठमाडौंमा जुलुस निस्किएको छ।

Advertisement

जोरपाटीमाबाट शुरुभएको जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्। बिहान ९ बजेदेखि जुलुस निस्किएको हो। मुलुकमा लोडसेडिङ अन्त्य गरेको क्रेडिट उनैलाई जान्छ। घिसिङलाई पुनः नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रुचाएनन्।

त्यसैले जुलुसमा उत्रिएकाहरुले प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।  झन्डै ४ सय जना मानिस जुलुसमा सहभागी छन्। कोरोनाको डरका कारण जुलुसमा सहभागीको संख्या कम देखिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top