आज पनि केही ठाउँमा ठूलो वर्षा हुने, बाढीको संभावना, सचेत रहन आग्रह

३१ भदौ ७७, बुधबार

३१ भाद्र, काठमाडौं ।
आज पनि प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको हो । आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गण्डकी र प्रदेश ५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।

Advertisement

ठूलो पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान शाखाले आज कोशी र यसका सहायक नदीमा बहाव बढ्ने हुँदा बाढीको उच्च जोखिम रहेको जनाएको छ।

बाढी पूर्वानुमान शाखाका अनुसार कोशीको मुख्य सहायक नदी तमोरमा बहाव बढ्दो छ। धनकुटाको मूलघाट नजिक तमोरको जलसतह सतर्कता विन्दु नजिक पुगिसकेको छ। तमोर नदी ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सीमाना, धनकुटा हुँदै सुनसरीमा पुगेर सप्तकोशीमा मिसिन्छ।

Advertisement

उक्त नदीमा शुक्रबार पनि बाढीको संभावना रहेको जनाइएको छ। नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सजग रहन शाखाले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top