३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै धेरै १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल १६ हजार २ सय ४२ जना आइसोलेसनमा उपचाररत छन् ।
आज मात्र १ हजार ६८ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितहरुको संख्या ४१ हजार ७०६ पुगेको छ ।