नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

३१ भदौ ७७, बिहीबार

कठमाडौँ : राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ पारेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्युनिकरणमा सहयोगी हुन सक्ने ‘नाष्ट भिजिटर सर्भिस रोबोट’ सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

सो प्रतिष्ठानमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा चार अन्य इन्जिनियरको ‘इनोभेषन ग्रुप’ ले निर्माण गरिरहेको सो रोबोटले नेपाली र अँग्रजी दुई भाषामा कुराकानी गर्दछ, मास्क लगाएको छैन, भने मास्क झिकेर दिने र स्यानिटाइजर समेत दिन सक्नेछ ।

हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पुर्याउने गर्दछ भने नाष्टले बनाईरहेको रोबोटले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनेटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सुचनाहरु दिन सक्नेछ, इन्जिनियर पाण्डेले भन्नुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्ने हुनेछ ।

सो रोबोट महिला स्वय्मसेविकाको स्वरुपमा तयार भईरहेको छ । मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाईजर डिस्पेन्सरजडित, मानिसले मास्क लगाए, नलगाएको सङ्केत समेत गर्नुको साथै नास्टको विभिन्न सूचनाहरु देखाउन सक्ने स्वचालित रोबोटले कार्यालयमा प्रवेश गर्दा र बाहिर आउँदा आगन्तुकलाई मास्क नलगाएको खण्डमा आफ्नो झोलाबाट माक्स निकाली दिने र सेनिटाईजर दिने तथा श्रव्य दृश्य मार्फत् सूचनाहरु दिएर कोरोना भाइरसको बारेमा जनचेतना दिनु नै यस रोबोटको मुख्य उद्देश्य हो, इन्जिनियर पाण्डेले बताउनुभयो ।, याे खबर गाेरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top