अमेरिकामा केही साताभित्रै कोरोनाविरुद्धको खोप आमरुपमा उपलब्ध हुने ट्रम्पको दाबी

३१ भदौ ७७, बिहीबार

१ असोज, एजेन्सी ।
अमेरिकामा आमरूपमा कोरोनाभाइरविरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्परविरोधी अभिव्यक्ति दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्। कोरोनाभाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले बताए।

तर त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ छ। रेडफिल्डले भने, यदि तपाईँ मलाई सोध्नुहुन्छ कि कहिले आमरूपमा अमेरिकी नागरिकलाई खोप उपलब्ध हुनसक्छ भने मलाई लाग्छ सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा हुनसक्छ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पले गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन्। उनले अमेरिकामा कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने अनुमान सुनाए।

ट्रम्पले भने, सीडीसीका निर्देशकले जे भने त्यो गलत भने। हामी तत्काल ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन तयार हुनेछौँ र त्यसपछि त्यहाँभन्दा बाहिर पनि किनकि हामी अरू मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौँ। डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको आरोप लगाएका छन्।

खोपसम्बन्धी ट्रम्पका प्रतिबद्धताहरूमा अमेरिकी नागरिकको विश्वास नरहेको बाइडनको भनाइ छ।(बीबीसी)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top