अन्तर्राष्ट्रिय बौद्ध संस्थाले नेपाललाई दियो २० वटा भेन्टिलेटर

अन्तर्राष्ट्रिय बौद्ध संस्थाले नेपाललाई दियो २० वटा भेन्टिलेटर

१ असाेज, काठमाडाैँ ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

हेकाफले अत्यावश्यक भेन्टिलेटर सहित पिपिई, पञ्जा, गाउन, मास्क, थर्मोमिटर लगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुःशि व्यक्त गरे । मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी विरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाए । उनले कोभिड १९ विरुद्ध समय परिवर्तन हुँदै जाँदा फरक फरक तरिकाले लड्नुपरेको बताए । कुनै समय पिपिई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नुपरिरहेको मन्त्री ढकालले बताए।

यस अघि पनि हेकाफ ३६०ले जेठ २१ ग्ते सरकारलाई ३० वटा बाईप्याप भेन्टिलेटर सहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो । हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्धारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.