विदामा रहेका नेपाली कामदार साउदी फर्कन पाउने

१ असोज ७७, शुक्रबार

२ असाेज, दोहा ।

Advertisement

साउदी अरबबाट विभिन्न समयमा विदामा नेपाल गएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् ।

साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको गरेको थियो । सोही अनुसार भिसाको म्याद भएका नेपाली लगायत अन्य आप्रवासी कामदारहरुले पनि तोकिएका मापदण्ड पूरा गरेर साउदी फर्किन पाउने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

विदा तथा पुनः आगमन भिसा स्वदेश गएका नेपालीले यी प्रकृया पूरा गरी साउदी फर्कन सक्ने छन् । विदाबाट फर्किने वा पुन आगमन भीषमा गएकाहरुले आफनो कम्पनीले आउन अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर अनिवार्य रुपमा प्राप्त गर्नु पर्नेछ । कम्पनीले आउने अनुमति नदिदासम्म रि इन्ट्री भिसा भएकै आधारमा यात्रा नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

विदाबाट फर्किने वा पुनः आगमन भिसामा गएका तर नेपाल सरकार वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृत लिएर मात्र आउन सकिने दूतावासले जनाएको छ।

Advertisement

यसका लागि रोजगारदाता कम्पनीले अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर उक्त कम्पनीले आफनो आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्ने दूतावासले जनाएको छ ।

यी सबै कागजात प्रक्रिया पुरा गरेका नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट पीसीआर परीक्षण गरी रिर्पोट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य बोडिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनु पर्ने छ ।

साउदी प्रवेश गर्ने यात्रुहरुले साउदी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सवै व्यवस्थाहरु पालना गनुपर्नेछ भनी विमानस्थल आगमन पश्चात कागजातमा अनिवार्य रुपमा हस्ताक्षर गर्नुपर्ने छ ।

साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकमा वा भीसाको म्याद सकिएकाहरुको हकमा सेक्टेम्बर ३०, सम्म अकमा र भीसा स्वत नवीकरण हुने दूतावासले जनाएको छ ।

दूतावासले अक्टोवर २०२० पछिका लागि साउदी सरकारले गर्ने निर्णय उपयूक्त समयमा जानकारी गराइने जनाएको छ । साथै अर्को निर्णय नभएसम्म नयाँ भीसा स्ट्याम्पिङ नहुने बुझिएको छ ।

साउदी सरकारले कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई क्रमिकरुपमा खुकुलो बनाउदै लगेको छ भने आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा यसअघि नै गरिसकेको छ । साउदी अरबमा करिव ३ लाख १५ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top