प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिँदा १ सय ९२ डिस्चार्ज

२ असोज,विराटनगर ।
प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज शुक्रबार ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरंगको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको ईटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको छ ।

प्रदेश १ मा आज शुक्रबार १ सय ९२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय २७, कोभिड १९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top