अंगरक्षकमा कोरोना देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन होम आइसोलेसनमा

अंगरक्षकमा कोरोना देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन होम आइसोलेसनमा

२ असोज, काठमाडौं ।
अंगरक्षकमा कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुन, पूर्वसभामुख ओनसरी घर्तीसहित परिवार र सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।

उनले अब मन्त्री पुन कम्तिमा पाँच दिन पुल्चोकस्थित मन्त्री निवासमा होम आइसोलेसनमा बस्ने  बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.