असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान, टिकट बुकिङ खुला

३ असोेज, काठमाडौँ ।

आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम हटेको छ । आन्तरिक वायुसेवा संचालक संघमा आबद्ध निजी वायुसेवाले यसको विरोध जनाउँदै विमान नचालाउने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस निर्णयबाट तीन दिनमै पछि हटेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको हो ।मन्त्रालयले शुक्रबार यसबारे नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।

Advertisement

सरकारले असोज १ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि यो नियमप्रति आपत्ति जनाउदै संघमा आबद्ध निजी वायुसेवाले पर्यटन मन्त्री भट्टराईसहित सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई उडान नगर्ने निर्णय गरेका थिए ।

अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् । ‘सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु उडाउने नियमबाट मन्त्रालय पछि हटेको छ,’ वायुसेवा संचालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले भने ।

Advertisement

त्यस्तै संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् । योसँगै केही निजी कम्पनीले टिकट बुकिङ खुला गरेका छन्।

तर, वायुसेवाहरुले अहिले सबै सेक्टरमा लकडाउनअघि जस्तो उडान गर्न पाउने छैनन् । मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ ।

आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ (असोज १५ गते) तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top