कोरोना संक्रमण : भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौँ : ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएको छ ।

सरकारी निकायका उच्च व्यक्तिहरु कोरोना पुष्टि हुनासाथै अस्पतालको क्याबिनमा भर्ना भई जनताले तिरेको करबाट प्राईभेट अस्पताललाई शुल्क तिर्छन भने सर्वसाधारण नागरिकलाई कोरोना संक्रमण भएपनि लक्षण नदेखिएसम्म परिक्षण सम्म नगर्नु भन्ने सरकारको विभेदकारी निर्देशनको नगरपालिका भित्रै प्रश्न उठेको नगरपालिकाका स्रोतले जनाएको छ ।

काठमाडौ नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपचार खर्चका बिषयमा खोजी भएजस्तै महालक्ष्मी नगरपालिकाका मेयरको पनि प्राईभेट अस्पतालको क्याबिनको महँगो शुल्क कुन स्रोतबाट तिर्ने भन्ने बारेमा खोजी शुरु भएको स्रोतले जनाएको छ ।

Advertisement

पछिल्लो समय किष्ट मेडिकल कलेमा सिटिजन बैंकका १३ जना कर्मचारी पनि भर्ना भै उपचार गराएका छन् । किष्ट मेडिकल कलेजमा विशेषगरि सर्वसाधारण भन्दा भिआईपीहरु भर्ना गर्ने र लकडाउनको अवधिमा अन्य बिरामी नआएको शुल्क असुल उपर गर्ने अस्पताल व्यवस्थापनको लक्ष्य रहेको स्रोतले जनाएको छ ।

किष्ट मेडिकल कलेजमा अहिले पनि महालक्ष्मी नगरपालिकाका मेयर परिवार सहित २० जना भन्दा बढी कोरोना संक्रमित आईसोलेसनमा रहेको स्रोतले जनाएको छ । यतिबेला नीजि क्षेत्रबाट संचालित संस्थागत अस्पतालहरुको बसाई भिआईपीका लागि मस्ती र सर्वसाधारणका लागि सास्ती बन्दै गएको कोरोना संक्रमणको रिपोर्ट फरक फरक दिएर आईसियु र भेन्टीलेटर हुँदै महगो शुल्कको मारमा परेका नरदेवीका अफ्ता आलम मकरानीका आफन्त बताउँछन् ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top