३ असाेज, जनकपुरधाम ।
नयाँ संविधानमा विभेदकारी प्रवधान राखिएको भन्दै जनकपुरमा जनता सामाजवादी पार्टी (जसपा)ले शनिबार प्रदर्शन गरेको छ।
सातौं संविधान जारी भएको मिति असोज ३ गतेलाई सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवसको रुपमा मनाएका छ । तर जसपाका नेता तथा कार्यकर्ताले भने ‘असोज तीन, कालो दिन’ भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा कालो झण्डा सहित प्रदर्शन गरिएकाे थियाे ।
स्थानीय जनकचोकदेखि विरोध र्याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा मन्त्री सोनल, जसपका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेश सांसद रामअशि यादव, प्रदेश सांसद प्रमेश्वर साह लगायतले आ आफ्नो धारणा राखेका छन् ।
विरोध र्यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हकअधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको बताएका छन् ।
विरोध र्यालीमा प्रदेश नम्बर २ का सांसद परमेश्वर साह, जनकपुरधामका उपमेयर रिताकुमारी मिश्र लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । जसपाले आज साँझ साढे ६ बजेदेखि पौने सातबजेसम्म १५ मिनेट ब्लाक आउट समेत गरेका छन् ।