बलात्कारपछि मृत्यु प्रकरण: पीडितलाई ‘पञ्‍च’को धम्की

राजविराज : किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो।’

Advertisement

मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन्। ‘धम्क्याउनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे। कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन्।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन्। तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पासो लगाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन्।

Advertisement

‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पीडा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ। चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला।’

उनले संगीताको आत्महत्या हत्या नै भएको बताइन्। ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घटना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अपराधीहरूलाई कारबाही गर्न साथ दिएको भए छोरीले मृत्युवरण गर्नुपर्ने थिएन’, उनले भनिन्।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top