झापाबाट लागुऔषधसहित २ जना पक्राउ

झापाबाट लागुऔषधसहित २ जना पक्राउ

४ असोज, झापा । झापाको गौरदह-९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.