×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

४ आश्विन २०७७

४ असोज, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

२१ सेप्टेम्बरबाट ९ दिन (३० सेप्टेम्बर २०२०)सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ ।

वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।

अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ ।

माग र औचित्यता हेरी थप उडान स्वीकृत गरिने मन्त्रालयले वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।

हवाई यात्रा गर्दा तत्काल भाडा भने नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो ।

तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले जानकारी दिए ।

Advertisement

आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top