४ असोज, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा नेपाल राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा कपिलवस्तु शाखाको समिति गठन गरिएको छ ।
नेपाल राष्ट्रिय पत्रकार संघ कपिलवस्तु शाखाका कार्यसमितिमा अध्यक्ष कृष्ण हरिजन , उपाध्यक्ष कल्याणी खरेल , कोषाध्यक्ष राम शरण कोरी , सचिव विक्रम विश्वकर्मा ,सहसचिव भुवेन्द्र सुनार रहेका छन् ।
यस्तै सदस्यहरुमा धनी रामकोरी , राजकुमार चमार , शम्भु वि.क र रामबहादुर गन्दर्भ लगायतका पत्रकारहरु रहेका छन् । रामदेव पासीको संयोजकत्वमा , उजेली बिश्वकर्मा र रामप्रकट कोरी लाई सल्लाहकारमा मनोनित गरिएको छ ।
नेपाल राष्ट्रिय पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको छ ।