भारतले बंगलादेशबाट मल ल्याउन सहजीकरण गर्ने

५ असोज ७७, सोमबार
Share this
764shares

५ भदौ, काठमाडौं ।
बंगलादेशबाट नेपालले पैंचामा मागेको मल ल्याउन भारतले सहयोग गर्ने भएको छ । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।

Advertisement

सोमबार कृषि मन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ । क्वात्राको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो– ‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्नेछ ।’

राजदुत क्वात्राले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न पनि भारत सधैं तयार रहेको बताएका थिए ।

Advertisement

मन्त्री भूसालले नेपाल र भारतका बहुसंख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुबै मुलुकबीचअझ धेरै सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तरमापन, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायतका विषयमा छलफल भएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top