स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

५ असोज ७७, मंगलबार

५ असाेज, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुन : होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल आइतबारदेखि नै होम क्वारेन्टाइनमा बसेका हुन् ।

स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेकाे उनका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए। तिवारीले भने- ‘उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ। भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ।’

Advertisement

मन्त्री ढकाल गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए। तर उनकाे स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top