अलपत्र नेपालीहरुको उद्धारका लागि उडान संख्या बढाउन राजदूतहरुकाे सुझाव

५ असाेज, काठमाडाैँ ।

विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरु फर्किन तयार रहेकाले उडानको संख्या बढाउनुपर्ने सुझाव राजदूतहरुको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारहरुको अवस्थाका विषयमा समेत जानकारी गराएका छन् ।

Advertisement

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताए । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उनले बताए। दर्शै तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाई छ । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताए । अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उनले बताए।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताइन्। करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उनले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताइन्।

Advertisement

कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताए । अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किको उनले बताए।

कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरुले समस्या भोगिरहेको बताए । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताए। २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्लेख गर्दै उनले अझै प्रतिदिन १ सय ५०ले बढेको बताए । दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाँडको समयमा फर्किन चाहानेहरु समेत समस्यामा पर्ने उनले बताए ।

साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताए। उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको बताए। स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उनले बताए।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड—१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको निर्णअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताए । अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उनले दशैको समयमा चाप बढ्न सक्ने बताए।

राजदूतहरुले इलिगल कामहरु बढी समस्यामा पर्ने गरेको बताएका छन् । नेपालमा नै सम्बन्धि देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन । विशेष गरी घरेलु कामदारहरुलाई आफु जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top