×

NEPAL TIMES UPDATES

Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

६ आश्विन २०७७

६ असाेज, काठमाडाैँ ।

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरे ।

Advertisement
Advertisement

“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उनले भने, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।”

सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उनले बताए । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उनले अनुरोध गरे । कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उनले आग्रह गरे ।

Advertisement
Advertisement

मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताए । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top