सडकमा हिंडिरहेका बेला पहिरोले पुरिएर गुल्मीमा दुईको मृत्यु

५ असोज ७७, मंगलबार

६ आश्विन, गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौरको रातचौरमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ ।

स्थानीय ३८ वर्षका प्रेम बहादुर कुमाल र ५ वर्षका सफल कुमालको पहिरोले पुरेर ज्यान गएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए । सोमबार राति सडकमा हिंडिरहेका दुवै जनालाई पहिरोले पुरेको थियो । उनीहरूलाई पहिरोले बगाएर छल्दीपना खोला नजिकको कुलोमा ल्याएको थियो ।

Advertisement

दुबैजनाको पहिरोले पुरेको अवस्थामा शव फेला पारिएको जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरीले जानकारी दिए । झण्डै तीन घण्टा लगाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयले पहिरोमा पुरिएकाको शव निकालेका हुन् ।

दुबैजनाको शव पोस्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै गरेको उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक कमलेशकुमार महत्तोले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top