प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति

२१ बैशाख ७५, शनिबार

कञ्चनपुर, २२ वैशाख ः शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ ।

Advertisement

एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो ।

आगलागीबाट चार परिवारको घर जल्दा रु छ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए ।

Advertisement

हावाहुरीबाट घरको छानोमा राखेका टायल फुटालेको र घरको छानोमा रुख ढल्दा आठ परिवारले रु चार लाख बढीको क्षति व्यहोरेका छन् ।

यसैगरी, हावाहुरीसँग आएको असिना पानीले व्यावसायिक खेतीमा लागेका किसानको तरकारी बाली र फलफूल खेतीमा रु २५ लाख बढी क्षति भएको नगरपालिकाले जनाएको छ ।

Advertisement

प्राकृतिक विपद्बाट पीडित वनेका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि प्रहरीको मुचुल्कासहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । विपद्को चपेटामा परेका सबै परिवार विपन्न समुदायका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top