×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

२३ बैशाख २०७५

पाल्पा, २३ वैशाख ः पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।

सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हँुगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ ।

Advertisement
Advertisement

कालीगण्डकी किनाराका जनतालाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पु¥याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुलको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

कार्यालयका अनुसार हँुगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको निर्माण कार्य आगामी असारमा सम्पन्न गर्ने गरी रु एक करोड ५२ लाख ४९९, रानीघाटमा निर्माणको अन्तिम चरणमा पुगेको पुल आगामी जेठसम्म निर्माण कार्य पूरा गर्ने गरी रु एक करोड ९० लाख ६ सय ९७, तनहुँ पाल्पा जोड्ने गरी पुट्टारघाटमा दुई वर्षमा सम्पन्न गर्ने गरी डिजाइनको चरणमा रहेको पुलको लागत रु दुई करोड ४७ लाख ९ शय ७९, गेझाको वर्दले र यम्घाको दर्पुकमा डिजाइनको चरणमा र दुई वर्षमा सम्पन्न गर्ने गरी रु पाँच करोड ४० लाख २१ को स्टिमेट गरिएको छ । यम्घाको दर्पुकमा भने डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता कायमै रहेको बताइएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top