जोन्सन एन्ड जोन्सनको कोभिड–१९ खोप क्लिनिकल ट्रायलको तेस्रो चरणमा

८ असोज ७७, बिहीबार
Share this
778shares

८ आश्विन, एजेन्सी ।
जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जनाएको छ।

Advertisement

दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि तेस्रो चरणमा प्रवेश गरेको बुधवार जानकारी दिइयो। तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग हुनेछ। जोन्सन एन्ड जोन्सन र अमेरिकाको नेसनल इन्स्टिच्युट फर हेल्थका अनुसार विश्वका विभिन्न मुलुकका २ सय ठाउँका ६० हजारभन्दा धेरै स्वयमसेवीमा यसको क्लिनिकल ट्रायल हुनेछ।

तेस्रो चरणमा प्रवेशसँगै जोन्सन एन्ड जोन्सन विश्वको १० औं कम्पनी भएको छ जसले कोभिड १९ को क्लिनिकल ट्रायलमा यस चरणको सफलता पायो। नेसनल इन्स्टिच्युट फर हेल्थको अनुदान समेत रहेकाले कम्पनीले तयार गर्न लागेको खोप व्यापारमुखि नहुने बताइएको छ।

Advertisement

तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top