८ असोज, विराटनगर ।
संचारमाध्यमका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित विराटनगरमा १ महिने तालिमको आयोजना गरिने भएको छ । रितेन्द्र मिडिया हाउसको आयोजनामा आगामी कार्तिक महिनाबाट सुरु हुने प्रशिक्षणमा ९ जना मात्रै प्रशिक्षार्थी सहभागि गराईने भएको छ ।
समाचार प्रस्तोता(एंकर)एवम समाचार संवाददाता (रिपोर्टर)का लागि १ महिने तालिमको आयोजना गरिने प्रशिक्षक मध्येका एक सोनुकुमार दासले जानकारी दिए । निकै पृथक र फरक रहने प्रशिक्षणमा बिभिन्न संचार माध्याममा कार्यरत संचारकर्मीहरुले तालिम दिने उनले बताए ।
प्रशिक्षार्थीलाई पत्रकारिता तालिमका अतिरिक्त प्रतिष्ठित ब्यक्तिहरुसँग अन्तरक्रिया तथा नेतृत्व विकास तालिम समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रशिक्षार्थीहरुले प्रयोगात्मक र फिल्ड रिपोर्टिङको समेत अनुभव लिने छन् ।
असोज ७ गते देखि खुलेको अनलाइन रेजिष्ट्रिेसनबाट असोज १९ गते सम्म न्यून शुल्कमा नाम दर्ता गर्न सकिने रितेन्द्र मिडिया हाउसले जनाएको छ ।