लगातारको वर्षाले सप्तरीको नदीको बहशाव बढ्दो, नदी आसपासका बस्तीहरू जोखिममा

८ असोज ७७, शुक्रबार

९ असिोज, सप्थरी । लगातारको वर्षाले सप्तरीका खोलाहरूमा पानीको बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् ।

जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यहाँका खाडो, बलान, महुली, खुटीलगायत नदीमा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा पर्न सक्ने भन्दै विभागले सचेत गराएको हो ।

खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिका–१ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको उक्त गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

वर्षाको पानीको निकास नहुँदा सदरमुकाम राजविराजको वडा नम्बर ५ का एक सय घरमा पानी पसेको वडाध्यक्ष समीरकुमार झाले बताए । वडा नम्बर ६ मा पनि ५० घरमा पानी पसेको वडाध्यक्ष प्रेम यादवले जानकारी दिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top