कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना पुष्टि

११ असोज ७७, आइतबार
Share this
811shares

११ आश्विन, विराटनगर ।
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो। हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन्। ‘बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएको थिएँ, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको छु। ज्वरो, रूघाखोकी निको भइसकेको छ।’

उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए। कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन्। ‘सांसद चौधरीसँग भेट भएपछि दश दिनअगाडि पनि स्वाब परीक्षण गराएको थिएँ। त्यसबेला नेगेटिभ आएको थियो,’ उनले भने।

Advertisement

आफूसँग प्रत्यक्ष भेटघाट गरेकाहरूलाई आवश्यक सजगता अपनाउन पनि सांसद श्रेष्ठको आग्रह छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top