भारतको खोप उत्पादन क्षमतालाई सम्पूर्ण मानवसेवाका लागि प्रयोग गर्ने मोदीको प्रतिज्ञा

११ असोज, एजेन्सी । भारतको भ्याक्सिन उद्योगले कोरोना भाइरसविरूद्धको लडाईंमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ’सम्पूर्ण मानवतालाई सहयोग’ गर्ने बताएका छन् ।

संयूक्त राष्ट्र संघको वार्षिक महासभालाई शनिबार सम्बोधन गर्दै मोदीले भारतको विशाल खोप उत्पादन उद्योगले कोरोना महामारीविरूद्धको लडाईंमा विश्वको सेवा गर्ने जनाएका हुन्।

मोदीको यो प्रतिज्ञाले कोरोनाका कारण भर्चुअलरूपमा भइरहेको महासभा बैठकमा भ्याक्सिनको सर्वसुलभ उपलब्धतालाई लिएर पटकपटक उठेको चिन्तालाई छोएको छ।

Advertisement

खोप निर्माणपछि कम र अतिकम विकसित राष्ट्रका नागरिकको पहुँचमा खोप नपुग्ने र विकसित र धनी राष्ट्रले मात्र खोपमा पहुँच पाउने विषयमा चिन्ता व्यक्त भएकोमा विश्वको सर्वाधिक ठूलो खोप उत्पादक राष्ट्र भारतका प्रधानमन्त्री मोदीको यो सम्बोधन महत्वपूर्ण मानिएको छ।

बितेका सातामा राष्ट्रसंघ महासभामा पोप फ्रान्सिस लगायतका वक्ताहरूले खोप किन्नसक्नेहरूकोमा मात्र जानसक्नेमा चासो व्यक्त गरेका थिए।

Advertisement

मोदीको यो भनाइ देशभित्रै आफ्ना नागरिकलाई सरकारले कसरी खोप पुर्याउँछ भनेर प्रश्न उठिरहेका बेला आएको हो ।

महासभामा मोदीको सम्बोधन प्रसारण हुनुअगाडि भारतको सबैभन्दा ठूलो खोप उत्पादक अदार पूनावालाले खोप अभियानका लागि भारतको स्वास्थ्य मन्त्रालयलाई आगामी वर्ष करिब १ विलियन अमेरिकी डलर आवश्यक पर्नसक्ने बताएका थिए।

भारत चीनपछि सर्वाधिक धेरै जनसंख्या भएको मुलुक हो । भारतमा हालसम्म झण्डै ५९ लाख मानिसलाई कोरोनाको संक्रमण भइसकेको छ । भारत विश्वमा अमेरिकापछि सर्वाधिक धेरै संक्रमित भएको मुलुक हो ।

आफ्नो राष्ट्रसंघको सम्बोधनमा मोदीले भारतको कोरोना खोप परीक्षण तेश्रो चरणमा रहेको जानकारी दिदैं व्यापकस्तरमा जारी रहेको परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको आशा देखाइरहेको बताए।

सम्बोधनमा उनले आफ्नो मुलुकले स्वीकृत खोपहरूको वितरणका लागि अन्य देशहरूलाई भण्डारण क्षमता सुदृढीकरण गर्न सहयोग पु¥याउने पनि जनाए।

विश्वमा हाल ४२ वटा खोपहरूको परीक्षण चलिरहेको छ जसमध्ये कम्तीमा चार वटा परीक्षण आफ्नो अन्तिम चरणमा रहेको ठानिएको छ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top