हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न निर्देशन

११ असोज ७७, आइतबार
Share this
719shares

११ असोज, काटमाडौं । हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चासो देखाउँदै तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

Advertisement

आइतबार नेपाल नागरिक उड्डडन प्राधिकरणका महानिर्देशकलाई निर्देशन दिंदै उनले प्रक्रिया पूरा भएपछिमात्र आवश्यक निर्णय लिन निर्देशन दिएका हुन्।

थाइ एयरवेज र एयर इन्डियालाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङबारे पनि क्षमता पुगे(नपुगेबारे अध्ययन गरी पूरा नभएको भए हटाएर नेपाल वायु सेवा निगमकै जिम्मा लगाउन उनले निर्देशन दिएका हुन्।

Advertisement

नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो।
प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका(२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ’सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र दिइएको उल्लेख छ। हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन आफैं गर्ने छ।

यसअघि यस्तो अनुमति थाइ एयरवेज र एयर इन्डियाले मात्र पाएका छन्। बाँकीको भने नेपाल एयरलाइन्सले नै गर्दै आएको थियो। नेपाल एयरलाइन्सलाई दिइएको अनुमतिको म्याद अर्को वर्षको जेठमा सकिँदैछ। हिमालयले ४२ उडान तालिका स्वीकृत भएको र सोहीअनुसार उडान गर्ने र त्यसको व्यवस्थापन क्षमता भएको भन्दै भदौ ३१ गते प्राधिकरणमा आवेदन दिएको थियो।

Advertisement

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको हिमालयमा चिनियाँ लगानी समेत छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ।

हिमालयसँग एयरबसका ए३२०–२१४ सिरिजका तीन र ए३१९–११५ सिरिजको एक जहाज छन्।

कुनै पनि एयरलाइन्सले उडान सञ्चालन गर्दा त्यसमा आउने तथा जाने यात्रुका लागि बोर्डिङ पास जारी गर्ने, जहाजसम्म यात्रु लिनका लागि, ब्यागेज तथा कार्गो ओसारपसार, क्याटरिङ, इन्धन, एयरक्राफ्ट सफाइ, एयरसाइड व्यवस्थापन लगायतका सेवा दिनुलाई भूमिस्थ प्रबन्ध भनिन्छ।

आफैं यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सले भने यसबापत शुल्क दिनुपर्छ। अबदेखि यस्तो सेवा हिमालय आफैंले गर्न पाउने छ।

प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्न पूर्वसर्त तोकेको छ। जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर) गर्नुपर्ने, निर्देशिकाअनुसार शुल्क बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्ने लगातयका सर्तहरू तोकिएको छ। यी सर्त पूरा भएपछि एयरलाइन्सले सेवा सञ्चालन गर्न पाउने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top