११ असोज, सुनसरी ।
सुनसरीकाे भोक्राहा नरसिंह–४ स्थित चिरौली नहर एरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २० बर्षीय जमाल अंसारी र २२ बर्षीय प्रविणकुमार उराव रहेका छन् ।
विशेष सुराकीका आधारमा शनिबार अपरान्ह ५ बजे उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा डाईलेक्स डिसी १ सय७ बोतल,सपासमो प्रोसोक्भोन प्लस ६९६ क्याप्सुल र निट्रा भेट ३००० ट्याब्लेट फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
