११ असोज, उदयपुर ।
उदयपुरकाे बेलका–२ गिदेरी टोल बस्ने १८ बर्षीय प्रेम कार्कीको लडेर मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे १२ बजे सोही स्थानमा रहेको सामुदायिक बनबाट घर बनाउनका लागि काठको बलो काँधमा बोकेर फर्कने क्रममा एक्कासी चिप्लिएर लड्दा सोही बलोले टाउकोमा किच्दा कार्कीको घटनास्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।