न्यूरोले सुरु गर्याे कोरोना परीक्षण ,स्वाब लिन घरसम्मै पुग्ने

११ असोज ७७, सोमबार

११ असोज, विराटनगर ।
लकडाउन खुलेसंगै बढ्दै गएको संक्रमितको संख्याले महामारीको जोखिम अझै बढेको तथ्याङ्कले देखाएको छ । यस्तो अवस्थामा बढी भन्दा बढी पिसिआर परीक्षण गर्नु पर्ने स्वास्थ्य विज्ञले समेत सुझाव दिँदै आएका छन् । यसै परिस्थितीमा प्रदेश १ मा पनि संभावितहरुको बढी भन्दा बढी कोरोना परीक्षण हुन सकोस भनेर न्यूरो अस्पतालले आइतबार देखि अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको छ ।

परीक्षणको संख्या बढाउनु पर्ने अवस्था रहेको बेला सरकारले न्यूरो अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएसंगै न्युरोले समेत अत्याधुनिक मेसिनबाट परीक्षण सुरु गरेको हो । न्युरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आर टि पिसिआर ल्याब संचालनमा आएको हो ।

स्वास्थ्य मन्त्रालयले आइतबार स्वीकृति दिए संगै संचालनमा आएको अस्पतालले जनाएको छ । निजि स्तरमा प्रदेश १ मै पहिलो पटक न्यूरोले आर टि पिसिआर ल्याब संचालनमा न्यूूरो अस्पतालले ल्याएको हो । पिसिआर ल्याबमा एक दिनमा १ हजार भन्दा माथि नमुनाको परीक्षण गर्न सकिने छ ।

ल्याब संचालनसँगै १ नं प्रदेशमा अब नतिजाको लागि धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । उनले कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पिसिआर ल्याबको संचालनले अर्को कोशे ढुङ्गा पार गरेको बताए ।

न्यूरो अस्पतालले लक्षण भएका कोरोना संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको छ । अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) समेत सकिने व्यवस्था मिलाएको जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top