१३ आश्विन, बाँके ।
बाँकेमा थप दुईजना कोरोना संक्रमितको निधन भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपालगन्ज शिक्षण कलेज कोहलपुरमा कोराना संक्रमित कोहलपुर १० का ५३ बर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ४१ बर्षका पुरुषको उपचारको क्रममा सोमबारराति निधन भएको हो ।
बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या १५ पुगेको छ । जिल्लामा कुल संक्रमित एक हजार ८६० मध्य एक हजर ५०७ जना उपचारपछि घर फिर्ता हुनुभएको छ । मंगलबार मात्र ४४ जना डिस्चार्ज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।