×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेलाई भिसा दिने

१३ आश्विन २०७७

१३ आश्विन, काठमाडौं ।
पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ ।

यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने जनाउँदै तर सात दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रष्ट गरेको छ ।

Advertisement
Advertisement

पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्दै मन्त्रालयले विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा लिएको हुनुपर्ने जनाएको छ।

यसैगरी, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्ने जनाइएको छ ।

त्यस्ता विदेशीलाई अध्यागमन विभागले अनअराइभल भिसा दिने व्यवस्था मिलाइएको पनि जनाइएको छ । नेपाल आउने सबै पर्यटकले ७२ घण्टा अगाडिको पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने, कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गरिएको हुनुपर्ने शर्त राखिएको छ ।

सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बीमा गरिएको कागजात हुनुपर्ने छ । क्वारेन्टिनमा बसेका बेला गरिने पीसीआर परीक्षणको खर्च पर्यटकबाटै लिइने पनि जनाइएको छ ।

Advertisement
Advertisement

पदयात्रा र पर्वतारोहणमा जान परीक्षण रिपोर्ट नेगेटिभ हुनै पर्दछ । त्यस बेलासम्म होटलबाट बाहिरिन पाइने छैन । पदयात्रा र आरोहण दलमा सँगै जाने सहयोगीको पनि कम्तिमा एक लाख रुपैयाँको कोरोना बीमा गर्नुपर्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top