×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै

१३ आश्विन २०७७

१३ असाेज, इलाम ।

झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ ।

Advertisement
Advertisement

चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्दो नै छ । सरकारी र निजी तवरबाट चिया उत्पादन र बजारलाई प्राथमिकता दिइए पनि कृषि क्षेत्रको यस महत्वपूर्ण विषयका शैक्षिक तथा दक्ष जनशक्ति भने उत्पादन गर्न सकिएको छैन ।

नेपालमा चिया विषयको पठनपाठन नहुँदा उच्च अध्ययनका लागि अहिले भारत वा तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ । त्यस्तै यस विषयको पठनपाठनका लागि शिक्षक पनि विदेशबाटै भित्र्याउनुपर्ने अवस्था छ । नेपालमा चियाको अध्ययन अध्यापन शुरु भए पनि दीर्घकालीन नहुनाले यस्ता समस्या आएका हुन् ।

हाल नेपालको चिया क्षेत्रमा प्रमाणपत्रधारी प्राविधिक निकै थोरै छन् । त्यसमा पनि विदेशमा पढेर आएका नै धेरै छन् । नेपालमा पढाइ नहुने भएपछि एकातिर विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यता छ भने अर्कातिर जस्तोसुकै भए पनि यहीँका जनशक्तिलाई नै काममा लगाउनुपर्ने बाध्यता छ । राज्यको आयस्रोतको महत्वपूर्ण हिस्सा ओगट्ने चियामा प्रमाणपत्रधारी शैक्षिक जनशक्ति, विशेषज्ञ वा प्राविधिक नहुनु दुःखद रहेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनाली बताउँछन् ।

“निजी क्षेत्रले मात्रै धान्नुपर्ने र सरकारको उपस्थिति कम भएकाले पठनपाठन अगाडि नबढेको हो”, मैनालीले भने, “गुणस्तरीय चिया उत्पादनका लागि त दक्ष जनशक्तिकै खाँचो पर्छ । हामी त्यही काममा चुकेका छौँ ।”

नेपालमा चियासम्बन्धी विषयमा पठनपाठन शुरु नभएको भने होइन । पाँच वर्षअघि झापाको मेची बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायको स्नातक तहमा अध्ययन शुरु भएको थियो । तर क्याम्पसका आफ्नै विविध समस्याका कारण अध्ययन तीन वर्षभन्दा लामो समयसम्म टिक्न सकेन ।

शुरुमा २४ जनाको कोटामा २४ विद्यार्थीले अध्ययन गरेकामा दोस्रो वर्ष सोही कोटामा १६ जना मात्र विद्यार्थी भर्ना भए । यस्तै तेस्रो वर्ष छजना विद्यार्थी सहभागी भए भने चौथो वर्षदेखि विद्यार्थी नहुँदा यस विषयको पढाइ नै हुन छाड्यो । “पहिले पढाइ राम्ररी भइरहेकै थियो तर बीचमा पाठ्यक्रम परिवर्तन गर्नुप¥यो, यसले गर्दा पनि समस्या भयो ।”

क्याम्पसका पूर्वप्रमुख कमल गुरागाईंले भने, “यो सबै रकम विद्यार्थीबाटै उठाउनुपर्ने भएकाले खर्चिलो थियो, त्यसैले विद्यार्थी आउन छाडे ।” पहिलो क्याम्पसमा बिटिटिएम (ब्याचलर्स इन टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट) विषय पढाइ हुन्थ्यो तर पछि त्यसलाई परिमार्जन गरेर बिएसी टी (ब्याचलर्स अफ साइन्स टी) बनाइएको थियो ।

“पहिले विज्ञान सङ्काय पढेका सबै विद्यार्थीले पढ्न पाउँथे तर पाठ्यक्रम परिवर्तन गरेपछि बायोलोजी पढेकाले मात्र पढ्नु पर्ने भयो”, पूर्वक्याम्पस प्रमुख गुरागाईंले भने । चियाको अध्ययन बारेमा शिक्षा नीतिमै स्पष्ट व्यवस्था नभएकाले विद्यार्थीले पढ्न छाडेको पूर्वप्रमुख गुरागाईंको भनाइ छ । “चियाका बारेमा पढ्दा पनि प्रभावकारी नहुने देखेकाले पढाइ हुन छाड्यो”, गुरागाईंले भने, “प्राविधिक विषय भएकाले कम रकमले यो विषय पढ्नै गाह्रो छ, खर्चिलो छ ।”

स्पष्ट शिक्षा नीति र खर्च बढी लाग्ने भएकाले चियामा अध्ययन हुन नसकेको हो । यही कारण अहिले पनि चिया क्षेत्रमा अब्बल प्राविधिकको अभाव छ । चियाका बारेमा अध्ययन नभएकै कारण नेपाली चिया गुणस्तरहीन हुनसक्ने चिया विशेषज्ञ चन्द्रभुषण सुब्बाको भनाइ छ ।

दक्ष जनशक्ति नभएकाले जानकारी नहुँदा चियाको गुणस्तर नसुध्रिने समेत सुब्बाको दाबी छ । “अध्ययन गरेको जनशक्ति नै छ । यही भएको जनशक्तिले काम गर्दा चियाको गुणस्तरको मात्रामा थाहा नहुन पनि सक्छ”, सुब्बाले भने, “चियाको पढाइ गुणस्तरीय हुन सैद्धान्तिकभन्दा व्यावहारिक पक्षलाई ध्यान दिनुपर्छ । हाम्रोमा पढाइ भए पनि त्यतातिर ध्यान नदिँदा अब्बल विद्यार्थी नहुन सक्छन् ।” सुब्बाका अनुसार अहिले पनि नेपालमा प्राविधिक एवं विशेषज्ञ ल्याउँदा विदेशमै सम्पर्क गर्नुपर्ने छ ।

विशेषगरी चियाको अर्गानिक प्रमाणीकरणमा आवश्यक पर्ने अनुसन्धानकर्ता (इन्स्पेक्टर) त नेपालमा दुईदेखि तीनजना मात्र छन् । इन्स्पेक्टर ल्याउन र अर्गानीकरण गर्न खर्चिलो हुने भएकाले धेरै उद्योग अहिले पनि अर्गानीकरणमा गएका छैनन् । “नेपालमा यो विषयमा पढेका दक्षशक्ति नभएकाले विदेशबाट ल्याउनुपर्छ खर्चिलो हुन्छ । त्यसैले धेरै उद्योगले अर्गानिक सर्टिफिकेट लिएका छैनन् ।” सुब्बाका अनुसार अहिले पनि नेपालमा पुरानो तवरले नै चियाको काम गरिने भएकाले सम्बन्धित क्षेत्रले चियाको पठनपाठन अध्ययनमा चासो नदेखाएको हो । नेपालको चिया क्षेत्र (विशेषगरी चिया उद्योग) मा कामकाजी सोचमात्र भएकाले दीर्घकालीन सोच नभएको सुब्बाको भनाइ छ ।

चिया उद्योगी र सरकारी पक्षले चासो नदेखाएकाले पनि यो क्षेत्र अहिले पनि गुणस्तरहीन छ । यही कारण अबका वर्षमा पनि चियामा दक्ष जनशक्ति र अनुसन्धानकर्ता भेट्न मुस्किल पर्ने देखिन्छ । समस्यालाई दृष्टिगत गर्दै इलामको सूर्योदय नगरपालिकाले पठनपाठन गराउने भने पनि अझै पनि अघि बढ्न सकेको छैन ।

त्यसमा पनि विद्यालयस्तर (१–८) मात्र नगरमा पढाइ हुने भएकाले प्राविधिक बन्न चाहिँ सम्भव देखिँदैन । “हामीले स्थानीय पाठ्यक्रमबाट चियाको अध्ययन त गराउने हो तर पहिलो पटक कक्षा ६ सम्म र त्यसपछि वर्षैपिच्छे पढाउँदै कक्षा ८ सम्मको मात्र हो”, नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्माले भने, “यो पढाइ चियाको आधारभूतमात्र जानकारी हो । प्राविधिक र दक्ष जनशक्ति जन्माउन चाहिँ हाम्रो पढाइ अपुग नै हुन्छ ।”

जिल्लामात्र होइन । देशका कुनै पनि विद्यालय वा क्याम्पसमा चियाको पठनपाठन शुरु भएको छैन । यही कारण एकातिर चियाको विषयमा पढ्न चाहने विद्यार्थी पनि पढ्नबाट वञ्चित छन् भने अर्कातिर चिया क्षेत्रमा दक्ष जनशक्ति अभाव छ । दक्ष जनशक्ति अभाव भएकाले गर्दा नै चिया पेशाका विषयमा विभिन्न क्षेत्रमा प्रभावकारी काम हुन नसकेको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालको भनाइ छ ।

खनालका अनुसार दक्षशक्ति नभएकै कारण अहिले पनि चिया क्षेत्रले अपेक्षाकृत फड्को मार्न सकेको छैन । “हाम्रोमा चियाको शिक्षा व्यवस्था नै छैन भने भएको पनि दीर्घकालीन हुन सकेन”, प्रवक्ता खनालले भने, “हाम्रो चिया नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु पनि चियामा दक्ष जनशक्ति नभएको प्रमुख कारण हो ।”

नेपाली चियाको मुख्य बजार भारत वा तेस्रो मुलुक हो । नेपालबाट जाने अधिकांश चिया भारत भएरै तेस्रो मुलुक जान्छ । यसैले पनि समयसमयमा भारतले नेपाली चियालाई समस्या दिइरहन्छ । नेपाली चियामा गुणस्तर भए पनि तेस्रो मुलुकसम्म पहुँच नपुग्दा सकस पर्ने गरेको छ । यसैले पनि चिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो पर्दछ । तर अध्ययन नै नभएका कारण सधैँ समस्या पर्ने गरेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको दुःखेसो छ । उनका अनुसार नेपालमा चियाका बारेमा अध्ययन र चासो नहुँदा चिया क्षेत्र पछि परेको हो ।

“सरकारले रकम लगानी गरेर भए पनि स्वदेशमै दक्ष जनशक्ति उत्पादन नगरेसम्म यस्ता समस्या हल हुँदैन”, मैनाली भने, “विद्यार्थीलाई पढाउँदा पनि उद्योगमैत्री वा नेपालको चियाका बारेमा पढाउनुपर्छ ।” विगतमा चियाको पठनपाठन भए पनि सैद्धान्तिक ज्ञान बढी दिइएकाले खासै प्रभावकारी नदेखिएको मैनालीको भनाइ छ ।

कृषिका बारेमा पठनपाठन गराइने क्याम्पसमा पनि अहिले चियाको पठनपाठन भएको छैन । नेपालमा यस विषयका शिक्षक नभएकाले पनि कृषिसम्बन्धी क्याम्पसले चासो नदेखाएको प्रस्ट बुझिन्छ । विगतमा चिया विषयका शिक्षक भारतबाट ल्याउनु परेको थियो । बाहिरबाट शिक्षक ल्याउँदा खर्चिलो र झन्झटिलो भएर पनि अध्ययन अघि नबढेको मेची बहुमुखी क्याम्पस झापाका पूर्वविद्यार्थी अशोक खतिवडाको भनाइ छ । आफू पढ्न इलाम छाडेर झापा गए पनि पढाइ नभएकाले विज्ञान सङ्कायकै अन्य विषय पढेको खतिवडाको भनाइ छ । “चिया पनि मुख्यगरी दुई प्रकारको (अर्थोडक्स र सिटिसी) हुँदो रहेछ”, अशोकले भने, “कुन चियाका बारेमा पढाउने अन्योल हुँदा पढाउनै सकस परेको थियो ।”

नेपालमा दक्ष जनशक्तिको अभाव भनिए पनि कति जनशक्ति चाहिन्छ भन्ने तथ्याङ्क भने छैन । नेपालको चियामैत्री दक्ष जनशक्ति उपलब्ध भए प्रत्येक उद्योगले एक÷एकजना प्राविधिक खटाउने चिया सरोकारवालाको भनाइ छ ।

Advertisement
Advertisement

त्यसमा पनि सरकारीस्तरबाट ५०÷५० प्रतिशत प्राविधिकको खर्च धानेको खण्डमा धेरै जनशक्तिले रोजगार पाउने नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको भनाइ छ । “अहिलै पनि ५० भन्दा बढी दक्ष जनशक्ति त यो क्षेत्रमा आवश्यक छ”, मैनालीले भन्नुभयो, “जनशक्ति नभएकाले प्राविधिक ज्ञान नभएकालाई नै काममा खटाउनु परेको छ ।”रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top